दफा ३८
अरुको घर जग्गामा प्रवेश गर्ने
अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसञ्चार सेवा संचालनको सिलसिलामा कसैको घर जग्गामा प्रवेश गर्नु परेमा सम्बन्धित व्यक्तिलाई पूर्व लिखित सूचना दिएर मात्र त्यस्तो घर जग्गामा प्रवेश गर्नु पर्नेछ । त्यसरी प्रवेश गर्दा कुनै हानी नोक्सानी भएमा अनुमतिपत्र प्राप्त व्यक्तिले सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति दिनु पर्नेछ ।
तर कुनै घर जग्गामा दूरसञ्चार सेवा अनधिकृत रुपमा प्रयोग वा चोरी भैरहेको शंका हुने मनासिब कारण भएमा सो कुराको जाँचबुझ गर्दा तत्काल लिखित सूचना दिई सम्बन्धित घर जग्गामा प्रवेश गर्न सकिनेछ ।
तर कुनै घर जग्गामा दूरसञ्चार सेवा अनधिकृत रुपमा प्रयोग वा चोरी भैरहेको शंका हुने मनासिब कारण भएमा सो कुराको जाँचबुझ गर्दा तत्काल लिखित सूचना दिई सम्बन्धित घर जग्गामा प्रवेश गर्न सकिनेछ ।